d

हत्याको आरोपमा जन्मकैद भोगिरहेका कैदीले परीक्षामा टपेर छात्रवृत्ति पाए

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कराँची । हत्याको आरोपमा कराँचीको एक भिडभाडयुक्त कारगारमा आजीवन कारबास सजाय भोगिरहेका एकजना कैदीले गत वर्ष लिइएको उच्च माध्यमिक स्तरको परीक्षामा सर्वोच्च अंक हासिल गरेर उच्च शिक्षाका लागि छात्रवृत्ति जित्न सफल भएका छन् ।

३५ वर्षीय सइद नइम शाह प्राइभेट विद्यार्थीको रूपमा परिक्षमा सामेल भएका थिए । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ पाकिस्तान (आईसीएपी) मा अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरेका छन् ।

दक्षिणपूर्वी पाकिस्तानको बन्दरगाह सहर कराँचीमा सन् १८९९ मा बेलायत सरकारले बनाइदिएको कराँची केन्द्रीय कारगारबाट रोयटर्सलाई अन्तर्वार्ता दिने क्रममा उनले आफूसँग आत्मविश्वास नभएको भए कारागारबाट यो उपलब्धि हासिल गर्न सम्भव नै नहुने बताएका छन् ।

उनले आफू सानैदेखि पढ्न भनेपछि हुरुक्कै हुने गरेको तर आर्थिक अभावका कारण परिवारले आफ्नो पढाइ अघि बढाउन नसकेको बताएको छन् ।  उनले कारगारमा अरूले पढ्ने गरेको देखेर आफू पनि प्रेरित भएको बताएका छन् । केवल २ हजार ४ सय कैदी क्षमताको यस कारगारमा झण्डै ६ हजार कैदी छन् । 


सन् २०१० मा व्यक्तिगत विवादकै एक क्रममा एक व्यक्तिलाई गोेली हानी मारेको अभियोगमा शाहलाई सन् २०१८ मा २५ वर्ष लामो कैद सजाय सुनाइएको थियो । 

sarbottam cement
रोयटर्सबाट ।

Views: