d

राष्ट्रिय सभामा कांग्रेसले बढायो सांसद

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभामा आफ्नो सांसद संख्या बढाएको छ। बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट कांग्रेसका ६ जना उम्मेदवार विजयी भएसँगै कांग्रेसको सांसद बढेको हो। 


राष्ट्रिय सभामा कांग्रेस सांसदहरु दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी गरी तीन जनाको अवधि सकिएको थियो। कांग्रेसले यी तीन जनाको सिट पूर्ति गरेर अरु तीन जना सांसद थपेको हो। यससँगै राष्ट्रिय सभामा कांग्रेसको सांसद १० पुगेको छ। 

बुधबारको निर्वाचनबाट प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन (गुरुङ) र सुदूरपश्चिममा नारायणदत्त मिश्र कांग्रेसबाट विजयी भएका हुन्।

Views: