d

पाकिस्तानमा आतंकवादी हमलामा परी १० सैनिकको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 एजेन्सी/ पाकिस्तानकाे बलुचिस्तान प्रान्तको केच जिल्लाको एक चौकीमा आतंकवादी हमला भएकाे छ ।

हमलामा परी १० जना सैनिककाे ज्यान गएकाे छ ।

सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले पनि घटनाबारे आफ्नो विज्ञप्ति जारी गरेको छ । 

विज्ञप्तिमा भनिएको छ कि आतंकवादीहरूले रातमा अचानक आक्रमण गरे । सो क्रममा दुवै पक्षबाट भीषण गोलीबारी भएको थियो । जसमा सेनाका १० जवानको मृत्यु भएको थियो ।


सेनाले आफ्नो विज्ञप्तिमा यो पनि भनेको छ कि गोलीबारीमा एक आतंककारी पनि मारिएका छन् । जबकि अन्य धेरै घाइते भएका छन् । 

अहिलेसम्म कुनै पनि विद्रोही वा आतंकवादी समूहले घटनाको जिम्मेवारी नलिएकाे सेनाले जनाएकाे छ ।

इरान र अफगानिस्तानको सीमा जोडिएको बलुचिस्तान लामो समयदेखि चलिरहेको हिंसात्मक विद्रोहको केन्द्र हो । विद्रोही समूहहरूले विगतमा यस क्षेत्रलाई लक्षित गरी धेरै आक्रमणहरू गरेका छन् ।

गत डिसेम्बरमा पनि चेकपोस्टलाई निशाना बनाइएको थियो ।

डिसेम्बरमा दुई पटक पाकिस्तानको बलुचिस्तान प्रान्तमा केच जिल्ला प्रहरी चौकीलाई आतङ्ककारीहरूले हमला गर्दा दुई पाकिस्तानी सैनिक मारिएका थिए । चेकपोस्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा आक्रमण भएको हो ।

Views: