d

प्रहरीले शुरू गर्‍यो ‘मास्क खोई’ अभियान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

डोटीमा दिन प्रतिदिन कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि प्रहरी प्रशासनले बजार आवत–जावतमा कडाइ गर्दै ‘तपाईंको मास्क खोइ’ अभियान थालेको छ । जिल्लाभर प्रहरीले यो अभियान थालेको हो । अभियानका क्रममा प्रहरीले मास्क बितरण गर्नुका साथै मास्क लगाउन आग्रह गर्न गरेको छ । कोरोना भाइरस यहाँका बजारदेखि गाउँघरमा समेत फैलिँदै गएपछि जिल्ला प्रशासनको निर्देशनमा प्रहरी टोलीले बजार तथा गाउँघरमै गएर अभियान थलिएको बताइएको छ।  


उक्त अभियानअन्तर्गत प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई दिपायल पिपल्लाचोकमा रहेको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोड्न थालेको छ । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २ सय पुगेको छ । रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नागरिक त्यहाँ कोरोना जोखिम बढेपछि अहिले आ–आफ्ना घर फर्किन थालेका कारण उनीहरुसँगै कोरोना सङ्क्रमण भित्रिन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लामा शहर बजारभन्दा पनि गाउँमा सङ्क्रमित बढेपछि स्थानीयवासीमा चिन्ता थपिएको बताइन्छ।  

प्रतिक्रिया दिनुहोस्

Views: