d

चुनाव टार्नु संविधान विपरित र प्रतिगामी कार्य हो : थापा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व–अध्यक्ष कमल थापाले विविध बहानामा चुनाव टार्नु संविधान विपरित र प्रतिगामी कार्य हुने बताएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, 'नेपालको संविधानले नै कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना गरेको छैन।  


‘संविधानमा तीन तहको सरकारको व्यवस्था कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा नभएको उनको  तर्क छ ।

सोही मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानून बनेको थापाले बताएका छन्।  

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी अशोजमा गर्ने गरी कानून संशोधन गर्ने प्रयास लागिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व–अध्यक्ष कमल थापाले खबरदारी समेत गरेका छन्।  

Views: