d

अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीहरूलाई मोवाइल प्रयोगमा रोक लगाइएको छ ।

प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले शुक्रबार सूचना जारी गरी अध्यागमनका कर्मचारीहरूलाई मोबाइल प्रयोगमा रोक लगाइएको जानकारी दिएका हुन् । कर्मचारीहरूले अब डियुटीका बेला मोबाइल साथमा समेत राख्न पाउने छैनन् ।


कार्यालय आएसँगै आ–आफ्नो फोन लकरमा राख्न अध्यागमन विभागले निर्देशन दिएको छ । यद्यपि, आवश्यक परेका बेला ल्याण्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने सूचनामा भनिएको छ

Views: