d

प्राधिकरणको बक्यौता झन्डै दुई अर्ब

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई कार्ययोजना बनाएर बक्यौता उठाउन निर्देशन दिएको छ।

प्राधिकरणले शुक्रबार समितिमा बक्यौतासम्बन्धी विवरण पेस गरेको थियो। सोही विवरणका आधारमा उपसमितिले प्राधिकरणलाई आगामी कार्ययोजना बनाएर पेस गर्न निर्देशन दिएको हो। प्राधिकरणको १ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ बक्यौता छ। यो बक्यौता स्वदेशी तथा विदेशी निकाय, तथा संघसंस्थाले प्राधिकरणलाई बुझाउन बाँकी रकम हो। 

प्राधिकरणले पटकपटक सूचना जारी गरे पनि बक्यौता उठन सकेको छैन। उपसमितिले कोभिड—१९ को संकटका बेला विभिन्न देशमा भएका उद्धार उडानको अनियमितताको छानबिन प्रतिवेदन उपसमितिमा बुझाउन पनि प्राधिकरणलाई निर्देशन दिएको छ। उद्धार उडानमा भएको अनियमितताको सम्बन्धमा छानबिन गर्न पर्यटन मन्त्रालयले बनाएको समितिले प्रतिवेदन पेस गरिसकेको छ। 

Views: