d

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बिहीबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुन बिहिबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।

Views: