d

गौरादह जेसिस: पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह जेसिसले ९औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेसिस वर्ष २०२१ को आयोजनामा पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी एकराज घिमिरेले बर्ष २०२२ की अध्यक्ष जेसी विनिता कटवाललाई चेन तथा गेभल हस्तान्तरण गरेका थिए । गाैरादह नगरपालिकाका प्रमुख राेहित कुमार शाहकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका पदाधिकारीहरूकाे समेत उपस्थिती रहेकाे थियाे । छिमेकी शाखाका शाखा अध्यक्ष लगायत पदाधिकारी, गाैरादह जेसीजका पूर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेकोे थियो। गौरादह २ स्थित लायन्स चिल्ड्रेन पार्कमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थालाई आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने स्थानीय व्यक्ति तथा संघ संस्थालाई सम्मान समेत गरिएको थियो। उक्त कार्यक्रममा बर्ष २०२२ की अध्यक्ष जेसी विनिता कटवालले बर्ष २०२२ मा गरिने कार्यक्रम याेजना प्रस्तुत गर्दै आफ्नो कार्यकाल ऐतिहासिक बनाउने प्रतिबद्धता व्यक्त गरिन् । अध्यक्ष कटवालले बर्ष २०२२ का लागी गठित कार्यसमितिलाई पूर्णता समेत प्रदान गरेकी छिन् । जेसिस वर्ष २०२१ अध्यक्ष एकराज घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन जेसिस वर्ष २०२१ कार्यकारी उपाध्यक्ष दुर्लभ कार्की र जेसी खड्ग थापाले संचालन गरेका थिए। गौरादह जेसिसको स्थापना सन् २०१२ मा भएको हो । स्थापनाकाल देखिनै गौरादह जेसिस विभिन्न सामाजिक कार्यहरूमा सकृय रहदै आएको छ ।

Views: