d

कार्यकर्ताले साथ छोड्दै गएपछी थापाको आक्रोश लिङ्देन माथि ....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौ: राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको वर्तमान नेतृत्वले आफुलाई भित्तैमा पुर्याउन प्रयास गरेको तिक्तता व्यक्त गरेका छन् ।

सामाजिक संजालमा निकै लामो दुखेसो पोख्दै महाधिवेशन ताका राजाले आफुलाई हराउने खेल खेलेको  घटनाको छानबिन गर्न पुन: माग गरेका हुन्। पत्रमा उनले आफुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई खुप माया गर्ने गरेको समेत उल्लेख गरेका छन् ।

आफुलाई पार्टी फुटाउन बाध्य नपार्न समेत उनले घुमाउरो ढंगले चेतावनी समेत दिएका छन् ।

थापाले यस अघिनै लिङ्देन नेतृत्वलाई असफल बनाउन निरन्तर प्रयासरत रहदै आएका छन् । उनले माघ २७ गतेनै राजसंस्था विरुद्ध देशव्यापी अभियान छेड्ने भनेता पनि कार्यकर्ताको असहयोग भएपछि पछी हट्न बाध्य भएका थिए।

महाधिवेशन पछाडी उनको पक्षमा छन् भनिएका अधिकांश नेता कार्यकर्ताले लिङ्देनको नेतृत्वलाई स्विकारी सकेका छन् । यो पटकको पत्रमा थापाले हारको पिडा कसरी भोगेका रहेछन् भन्ने छर्लङ्ग देखिएको छ ।

अध्यक्ष बनेको छोटो अवधिमै लिङ्देनले पार्टी बाहिर रहेको ठूलो संख्याको राष्ट्रवादी समुहलाई पार्टीमा स्वागत गरिसकेका छन् । दिनैपिच्छे पार्टी प्रवेशको लहर चलाएका लिङ्देन प्रती थापा भने अत्तालिन थालेको पाइएको छ ।

राष्ट्रबादी शक्तिलाई एकठाउमा मिलाएर लैजाने उद्घोष संगै अध्यक्ष पदमा भारी मतान्तरले जितेका लिङ्देनलाई असहयोग गर्नकै लागि थापाले विभिन्न प्रपन्च रचेको तर सबै मिसन असफल भएसंगै अब पार्टी फुटाएरै जाने तरखरमा पुगेको उनको व्यवहारले देखाउन थालेको पाइन्छ ।

No description available.

Views: