d

बगदाद विमानस्थलमा आक्रमण, कुवेतले गर्‍यो इराकका लागि उडान स्थगित

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 

  


काठमाडौं- बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएपछि कुवेतले सुरक्षाको कारण देखाउँदै आइतबारदेखि इराक जाने उडान एक साताका लागि स्थगित गरेको छ। 


कुवेत एयरवेजले शनिबार एक विज्ञप्तिमा जारी गर्दै कुवेत नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा इराकको उडानहरू अस्थायी रूपमा स्थगित गरिएको जानकारी दिएको हो।


इराकको राजधानीको विमानस्थलमा शुक्रबार ६ रकेट प्रहार गरिएको थियो, जसबाट एउटा धावनमार्ग र दुईवटा नागरिक विमानमा क्षति पुगेको थियो। तर, कुनै हताहत नभएको अधिकारीहरुले जनाएका छन्। यस आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन।


यद्यपि, अमेरिकाले यस आक्रमणको पछाडि इरानसँग सम्बन्धित सशस्त्र समूहहरूको हात रहेको दाबी गर्दै आएको छ। यसैबीच इराकी अधिकारीहरूले एक आक्रमणकारीलाई पक्राउ गरिएको घोषणा गरेका छन्।

Views: