d

निर्वाचन आयोगको कदम विरुद्ध लिङ्देनको गृह जिल्लामा टेम्पो र्‍याली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: निर्वाचन आयोगले पुर्वाग्रहीपूर्ण तवरले राष्ट्रिय प्रजातन्त्र पार्टीको बिधान संशोधन गर्न निर्देशन दिएको बिरोधमा आज झापामा प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ट्रेड युनियन महासंघ आवद्ध टेम्पो चालकहरुले उक्त कार्यको भत्सर्ना गर्दै बिरोध र्‍याली आयोजना गरेका हुन् । 

May be an image of 2 people, scooter, motorcycle and road

 

May be an image of 5 people and people standing

राप्रपा निकट टेम्पो चालकहरुले कालो पर्दामा लेखिएको ब्यानर सहित निर्वाचन आयोगको विरुद्ध सडक र्‍याली निकालेका थिए ।

राप्रपा जिल्ला पार्टी कार्यालयबाट शुरु भएको र्‍याली नगरपरिक्रमा गर्दै टुकोन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।

 

May be an image of 3 people, motorcycle, road and street 

उक्त अवसरमा  ट्रेड युनियन महासंघ (टुकोन) प्रदेश १ अध्यक्ष हर्क थुगिमले निर्वाचन आयोगले असंवैधानिक निर्देशन दिएको त्रुटिपूर्ण कदम तत्काल सच्याउन आग्रह गरेका थिए। 

सो अवसरमा टुकोन प्रदेश १ सदस्य प्रवीण रिमाल, टुकोन झापा अध्यक्ष श्रीप्रसाद चौधरी लगायतले कोणसभामा सम्बोधन गरेका थिए। 

आयोगले आफ्नो त्रुटि नसच्याए निर्णयात्मक आन्दोलन गर्न आफुहरु तयारी रहेको टुकोन पदाधिकारीहरुले बताएका छन् ।

 

May be an image of 9 people, people standing and indoor

जिल्ला टेम्पो मजदुर संगठनको प्रथम जिल्ला अधिवेशन सम्पन्न 

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ट्रेड युनियन महासंघ (टुकोन) आवद्ध टेम्पो मजदुर संगठनको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । राप्रपा झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भोजराज कार्कीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ।

May be an image of 4 people, people standing and indoor

बिर्तामोड स्थित जिल्ला पार्टी कार्यालयमा आयोजित अधिवेशन कार्यक्रममा टुकोन प्रदेश १ अध्यक्ष हर्क थुगिम, प्रदेश १ सदस्य  प्रवीण रिमाल, हल्दिबारी गापा अध्यक्ष रबिन्द्र लिङ्देन समेतको उपस्थिति रहेको थियो। झापामा करिब ३०० को हाराहारीमा टेम्पो मजदुरहरु राप्रपा आवद्ध रहेको जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले बताए ।

 

May be an image of 5 people, people sitting and people standing

 

May be an image of 4 people, people standing and indoor

Views: