d

भारतमा ६३१ खर्बको बजेट प्रस्तुत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारत सरकारले आगामी आर्थिक वर्ष ०२२/२३ का लागि ६ सय ३१ खर्ब नेपाली रुपैयाँ (३९४ खर्ब ४९ अर्ब भारु) बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री निर्मला सितारमणले मंगलबार संसद्मा प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षको तुलनामा १७ खर्ब भारतीय रुपैयाँले बढी हो । भारत सरकारले चालू आर्थिक वर्षका लागि ३४८ खर्ब ३२ अर्ब  भारुको बजेट ल्याएको थियो, तर वास्तविक खर्च ३ सय ७७ खर्ब भारु हुने अनुमान भारत सरकारले गरेको छ । भारतमा १ अप्रिलदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ, त्यसको दुई महिनाअघि फेब्रुअरीको पहिलो दिन राष्ट्रिय बजेट ल्याउने गरिन्छ । 

Views: