d

भारत द्वारा नेपाललाई दिने अनुदानमा कटौती 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारत सरकारले नयाँ आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दा  नेपाललाई दिने अनुदान रकमको विनियोजन घटाएको छ । चालू आर्थिक वर्षमा भारत सरकारले बजेटमार्फत नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ (९ अर्ब ९२ करोड भारु) अनुदान दिने घोषणा गरेको थियो । तर, आगामी आर्थिक वर्षमा भने ७ अर्ब ५० करोड भारु (१२ अर्ब रुपैयाँ) मात्रै विनियोजन गरिएको छ ।   भारतले त्यसभन्दा अघिल्लो आर्थिक वर्ष (२०२०–२१) ८ अर्ब ८० करोड भारु उपलब्ध गराएको थियो । त्यसअघि २०१९–२० मा भने ११ अर्ब ९८ करोड रुपैयाँ अनुदानबापत उपलब्ध गराएको थियो । 

Views: