d

एमसीसीबारे एमाले किन मौन?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर राष्ट्रिय राजनीति तातिएको बेला प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले भने मौन देखिएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदन गर्न संसद्मा प्रस्ताव लगे पनि अहिले पारित गर्ने वा नगर्ने विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक नगरी सत्ता गठबन्धनको धारणा कुरेर बसेको छ । एमालेभित्र एमसीसीको विषयमा पार्टीको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने आवाज उठे पनि अध्यक्ष ओलीले अहिले सत्ता गठबन्धनको निर्णयपछि पार्टीले धारणा बनाउने बताउँदै आएका छन् । एमालेका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले समयमा नै एमसीसीको बारेमा स्पष्ट पार्न आवश्यक रहेको भए पनि नेतृत्वले पर्ख र हेरको रणनीति लिएको छ ।


 

Views: