d

जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जनकपुरधाम: पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा युवाहरुले जनकपुरमा प्रधानमन्त्री शेरवहादुर देउवाको पुतला दहन गरेको छ। नेकपा एमाले निकट अनेरास्ववियुले बुधबार दिउँसो जनकपुरको जनक चौकमा सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर सरकारको विरोधमा प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन्।

जनकपुरको शिव चौकबाट निस्केको जुलुस जनकचौक पुगेर पुतला दहन गरेको बताइएको छ।  

नेपाल आयल निगमले १३ दिनको अवधिमा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै अनेरास्ववियु आन्दोलित छ। 
 यसअघि माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलबार फेरि नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैँया तय गरेको छ। डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैँया तोकिएको छ।

 

Views: