d

यूएईमा मिसाइल प्रहार हुन थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउने तयारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१९ माघ, काठमाडौं । अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा युद्धपोत र लडाकु विमान पठाउने तयारी गरेको छ । यमनको हुथी समूहले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अमेरिकाले यूएईको सुरक्षा चिन्ता बढेकोले युद्दपोत  र लडाकु विमान पठाउन लागेको बताइएको हो ।

अमेरिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै यूएईको सुरक्षार्थ युद्धपोत र लडाकु विमान पठाउन लागेको जनाएको छ  । यमनका इरान समर्थित हुथी मिलिसियाले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अत्याधुनिक लडाकु विमान र ‘गाइडेड मिसाइल डिस्ट्रोयर’ तैथान गर्न लागेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।  

यमनका हुथी समूहसँग लडिरहेको अरब गठबन्धनलाई सघाइरहेको यूएईमा गत महिना ३ पटक मिसाइल हमला भएको थियो । ती हमलामा परी तेल कम्पनीमा काम गर्ने तीन जनाको मृत्यु भएको थियो ।

Views: