d

गठबन्धन कायम राख्ने, एमसिसी पास गर्ने उपाय खोज्न तीन नेताबीच सहमति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सत्ता गठबन्धनका तीन नेताबीच गठबन्धन बलियो बनाउने र अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता 'एमसिसी' संसदबाट पास गर्न उपाय खोज्ने सहमति भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बुधबार दिउँसो र साँझ गरी दुई चरणमा बालुवाटारमा छलफल भएको थियो।


छलफलको क्रममा देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीसँग तीन साताअघि भएको भेटमा सत्ता गठबन्धन तोड्नेबारे कुरा भएको भनी मिडियामा आएका समाचारमा कुनै सत्यता नभएको जानाकारे गराएको बताइएको छ।  

Views: