d

राप्रपा जिल्ला अध्यक्ष ओझाको गृहनगरमा मास्क वितरण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राप्रपा कन्काई नगर समितिको आयोजनामा मास्क वितरण तथा स्वास्थ्य सचेतना अभियान सम्पन्न भएको छ।  कन्काई नगरपालिका स्थित वडा न. ८ का व्यवसायी तथा स्थानिय नागरिकहरुलाई कोभिडको विषयमा स्वास्थ्य सचेतना प्रदान गर्दै मास्क वितरण गरिएको हो।  

सचेतना अभियानमा राप्रपा सम्बद्द स्थानिय नेता कार्यकर्ता तथा राप्रविसंघ र प्रजातान्त्रिक राष्ट्रिय युवक संगठन आवद्द युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। 

संगठनात्मक हिसावले कन्काई नगरपालिका राप्रपाको लागि निकै राम्रो स्थान मानिन्छ।  

जिल्ला अध्यक्ष केशव प्रसाद ओझाको गृह नगर भएकै कारणपनि कन्काईमा राप्रापाको बलियो पकड रहेको स्थानिय नेता कार्यकर्ताको बुझाई छ।  

भर्खरै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिंग्देंनले विजय प्राप्त गरे संगै कन्काई नगरपालिका क्षेत्रमा यसको सकारात्मक प्रभाव परेको राप्रपाका स्थानिय कार्यकर्ताहरु बताउछन्।  गत महिना मात्र  सुरुङ्गा स्थित खानेपानी कार्यालयमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय अध्यक्ष लिंग्देंनको हातबाट रसिद लिएर २ सय युवाहरु राप्रपामा प्रवेश गरेका थिए।  

Views: