d

कार्यकर्ताको असहयोगका बीच निर्वाचनको मुखमा पार्टी फुटाउने थापाको यस्तो तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल

माघ २१ / पर्दाफास/काठमाडौं: महाधिवेशनमा आफ्नै कार्यकर्ताले हराए पछि विछिप्त र आक्रोशित बनेका कमल थापाले नयाँ दल खोल्ने तयारी गरेका छन् ।  राजेन्द्र लिङ्देन संग फराकिलो अन्तरले पराजित भएका थापा अन्ततः नयाँ पार्टी खोल्ने योजनामा केन्द्रित भएका हुन् । आफुलाई राजाको समर्थक बताउदै आएका थापाले लामो समय पार्टी नेतृत्व सम्हालेका भएतापनी पार्टी भने टुक्राटुक्रा भएर क्षेत्रीयस्तरको पार्टीको रूपमा खुम्चिएको थियो । 

निर्वाचनको संघारमा आएर थापाले पार्टी फुटाउने सडयन्त्र गर्न थालेको बुझिएको छ । 
निर्वाचनमा ओली संग मिलेर २/४ सिट हात पार्नकै लागि ओलीकै निर्देशनमा अलग पार्टी खोल्ने योजनामा थापा रहेको बताइन्छ । 

गत आम निर्वाचनमा राप्रपा र कांग्रेस विच  एलायन्स थियो । कांग्रेस संगको एलायन्सले मुलुकभरबाट लज्जास्पद पराजय भोगेपछी उनी एकाएक केपी ओलीको समर्थक बन्न पुगे । एमालेको महाधिवेशनमा भाषण गर्दा केपी ओलीको अन्धाधुन्ध समर्थन गर्दै ओलीलाई एकमात्र राष्ट्रवादी व्यक्तिको  संज्ञानै दिएर फर्किएका  थिए। यो पटकको निर्वाचनमा एमाले संग मिलेर चुनाव लड्ने पटकपटक व्यक्तव्य दिदै आएका थापालाई लिङ्देनको उपस्थितिले पेचिलो तनाव दिएको छ।

आफ्ना आसेपासे र आफ्न्त नातागोतालाई मात्र पक्षपोषण गर्छन् भन्ने आरोप खेप्दै आएका थापा गणतन्त्र स्थापना पश्चात् पटकपटक मन्त्री बन्न सफल व्यक्ति हुन् । केपी ओली नेतृत्वको क्याबिनेटमा  उपप्रधानमन्त्री  समेत बनेका थापालाई लाग्दै आएको आरोप भनेकै पदलोलुप्तता हो । पदको लागि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने थापाको यहि चरीत्रलाई लिएर पार्टी भित्र र बाहिर अनेकौं टिकाटिप्पणी हुँदै आएको पाइन्छ । 

उनकै निर्देशन र डिजाइनमा सम्पन्न महाधिवेशनमा थापाले आफ्नो हार भने स्विकार्न सकेका छैनन् । पराजित हुनेवित्तिकै राजाको कारण हार्नु पर्यो भन्दै हिडेका थापाले राजाले कसरी हराए भन्ने बिषयमा भने खासै ठूलो प्रमाण दिन सकेका छैनन् । उनले पुर्व राजा ज्ञानेन्द्रका केही मान्छेहरु राप्रपाको महाधिवेशन स्थलमा देखेको मात्र भनेका छन् । कोहि व्यक्ति महाधिवेशनमा आउदैमा के बिग्रन्छ त ? आखिर तपाईंलेनै छानीछानी बनाएका कार्यकर्ताले भोट नहाले पछि पराजित हुनुभएको होइन? राजालाई किन दोष ? भन्ने प्रश्नहरूमा थापाले खासै बलियो तर्क प्रस्तुत गर्न सकेको कहिँ पाइदैन । 

महाधिवेशनमा पराजित भएपछि थापाले अध्यक्ष लिङ्देनलाई २ पटक पत्र लेखेका छन् । पार्टीको महाधिवेशनमा राजाले हस्तक्षेप गरेको बताउदै आएका थापाले यहि विषयमा छानबिन गर्न लिङ्देनलाई आग्रह गर्दै आएका हुन् । यता लिङ्देनले भने थापाले पठाएको पत्रलाई ठाडै अस्विकार गर्दै आएका छन् । 

भर्खरै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा राप्रपाले आफुलाई स्वतन्त्र हैसियतमा उभ्याएको थियो। कुनै पनि पार्टी संग एलायन्स नगरी चुनाव लडेको बिषयमा समेत थापाले असन्तुष्टि व्यक्त गरेका छन् । गत आम निर्वाचनमा कांग्रेस संग मिलेर चुनाव लड्दा लज्जास्पद हार बेहोर्न बाध्य हुँदा पनि थापा एलायन्स नगरी चुनाव लड्नै नसकिने अडान राख्ने व्यक्ति हुन् । लिङ्देन भने चुनावमा हार बेहोर्दा केही हुदैन तर परतन्त्र भएर बस्नु हुन्न भन्ने मानसिकतामा छन् । थापा एमाले संग मिलेर २/४ सिट भएपनी जितिहाल्ने बताउछन् भने लिङ्देन यही विषयमा फरकमत राख्दै आएका नेता हुन् । एमाले संग कुनै पनि हालतमा सहकार्य गर्नै पर्ने अडानमा रहेका थापालाई लिङ्देनले भने यहि विषयमा चुनौती दिदै आएका छन् । झापाको क्षेत्र नं. ५ बाट चुनाव जितेका ओलीलाई गत निर्वाचनमा राप्रपाको बलियो साथ रहेको थियो । क्षेत्र नं. ५  सांगठनिक रूपमा राप्रपा निकै बलियो मानिन्छ । गत स्थानीय निर्वाचनमा राप्रपाबाट दमक नगरपालिकाको मेयर पदमा चुनाव लडेका राम थापाले १५ हजार मत प्राप्त गरेका थिए । राप्रपाको यो मत दमक क्षेत्रको मात्र हो । दमक बाहेक क्षेत्र नं. ५ मा कमल, गौरादह र गौरिगन्ज गरि ३ पालिका छन् । तिनै पालिकामा राप्रपाको बलियो उपस्थिति छ । गौरिगन्ज गाउँपालिका अध्यक्ष पदमा राप्रपाका बाबुराजा श्रेष्ठले निकै भारी अन्तरले जितेका थिए । 

एमाले अध्यक्ष केपी ओलीलाई आसन्न आम निर्वाचनमा यहि विषयमा डर छ । आफुले चुनाव जित्नकै लागि भएपनी कुनैपनी हालतमा राप्रपाको साथ चाहन्छ्न् । तर यस विषयमा बाधक देखिएका छन् राप्रपा अध्यक्ष लिङ्देन । यो पटकको चुनाव एक्लै लड्ने दाउमा रहेका छन् उनी । चुनावमा हारजित हुन्छ, पार्टीको एजेन्डालाई स्थापित गर्न बलियो संगठन निर्माण गर्नुपर्छ भन्ने मान्यता लिएका लिङ्देनलाई चुनावमा पराजित हुनु वा जित्नै पर्छ भन्ने कुरामा उनलाई खासै चासो छैन । पार्टीलाई एक नम्बरमा पुर्याउने उद्घोष गरेरै अध्यक्ष पदमा विजयी भएका लिङ्देन संगको चुनौती सामना गर्न ओलीलाई पनि निकै अप्ठ्यारो छ ।  ओलीकै सल्लाहमा थापाले पार्टी फुटाउने योजना बुनेको लिङ्देन पक्षको आशंका रहेको पाइन्छ। राजाको साथ छोड्ने घोषणा गरिसकेका थापाले ओलीलाई साथ लिएर हिड्न नसके आफ्नो राजनीतिक भविस्य असुरक्षीत हुने ठानिसकेको उनको व्यवहारले छर्लङ्ग पार्दै आएको छ । थापाले फागुन ७ गते नयाँ पार्टी घोषणा गर्ने तयारी गरेको बुझिएको छ । नयाँ पार्टी खोल्ने भनिएता पनि कार्यकर्ताले के कति साथ देलान् वा नदेलान् भन्ने त्रासले भने थापालाई छोडेको पाइदै। 

Views: