d

 'भ्रष्टाचारी नेता, व्यापारी, ठेकेदार, कर्मचारीहरुलाई ठेगान लगाए जाबो एमसीसी किन चाहियो ?'-लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पैसा ठूलो कुरो होइन नेपालीलाई चाहिँदैन भन्दाभन्दै अमेरिकाले किन यती जबर्जस्ती गरिरहको छ? उनले प्रश्न गरेका छन्। अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा नेपालमा निकैनै विवादीत र गिजोलिएका कारण अब यसलाई अघि बढाउँन नहुने अभिव्यक्ति दिएका छन्।

सुरु देखीनै नेपाल सरकारले यसमा जनताको विश्वास लिन नसकेको भन्दै उनले जम्मा ५५ अर्बका लागी नेपालीलाई विभाजीत गरेर एमसीसी नचाहिने बताएका छन्। ५५ अर्ब पैसाका लागी हो भने त्यत्ती पैसा ठूलो कुरा नभएको भन्दै उनले त्यत्ती पैसा निकाल्न सकिने ठाउँ आफुले बताइदिने भनेका छन्।

उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ती छानबिन गर्ने हो भने अरबमा होइन खरबमा पैसा उठाउँन सकिन धारणा उनले राखेका छन्। केहि समय अघि मात्रै कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा निर्वाचित भएका लिंदेनको यस्तो घोषणा गरि पछि एमसीसी विरोधी अभियान्ताहरुमा खुशियाली छाएको छ।

यस अघी राप्रपाका अध्यक्ष रहेका कमल थापा एमसीसीको कट्टर समर्थक रहेका थिए। नेपालीले चाहिँदैन भनेका छन् उसले लिनु कि लिनु भनिरहेको छ।

अनुदान पनि लिनु कि लिनु भनेर दिने कुरा होर? यहिँ छनी रहस्य। उनले भनेका छन्। एमसीसी यति धेरै विवादित भैसके पछि खुरुक्क यसलाई फिर्ता पठाउँनु पर्ने तर्क उनले गरेका छन्।

Views: