d

बिहे गर्दै फरहान र शिबानी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कलाकार तथा निर्देशक फरहान अख्तरले गायिका शिबानी डाण्डेकरसँग बिहे गर्ने भएका छन् । यो जोडीले २१ फेब्रुअरीमा बिहे गर्न लागेको हो । फरहानले शिबानीसँग बिहे गर्न लागेको कुरा उनका बुबा तथा गीतकार जावेद अख्तरले पुष्टि गरेका हुन् ।

‘फरहान र शिबानीको जोडीले २१ फेब्रुअरीमा अदालतमा बिहे दर्ता गर्ने छन् । त्यसपछि उनीहरूले परिवार र साथीहरूको साथ फार्महाउसमा इन्गेज्मेन्ट गर्ने छन्,’ जावेदले भनेका छन् ।  

साथै, जावेदले शिबानी राम्रो केटी भएको भन्दै प्रशंसा पनि गरेका छन् । उनले भने, ‘शिबानी निकै राम्रो केटी हुन्, हामी सबै उनलाई मन पराउँछौँ । सबैभन्दा ठूलो कुरा फरहान र शिबानी एकअर्कालाई मन पराउँछन् । अन्ततः उनीहरू बिहे गर्दैछन्, यो निकै खुसीको खबर हो ।’

भारतीय सञ्चारमाध्यमका अनुसार फरहान र शिबानी चार वर्षदेखि प्रेममा छन् 

Views: