d

श्रुती नेपालको कथा - "आ !! छोड्दे है स्कुल सिस्कुल"

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उसले बिहानै उठेर झ्याल बाट बाहिर हेरी 
ला !! अव हामी कहाँ खेल्ने हो ? हेर त पानी जमेर 
उसको भाई ब्ल्यांकेट फ्याक्दै उठेर झ्याल बाट बाहिर चिहाउदै भन्छ: ला !! अव अझै कति दिन खेल्नै नपाइने भैयो, अब के गरि समय बिताउने ?
ब्ल्याङ्केट भित्र बाट धिमा आवाज आउछ- हल्ला नगर न हौ केटा केटी हो, सुत्न पनि दिदैनन् , के सारो हल्ला गरेका हौ ?
"तलाई नक्कली !! ऐले कति बज्यो घडी हेरेकी छेस्? ९ बज्न लागि सको छिटो उठ।"
"स्कुल लाग्न थाले पछि थाहा पाउछेस तैले .........."

आ !! छोड्दे है स्कुल सिस्कुल ...........खुप स्कुल लाग्नु पर्ने तलाई? कोरोना छ भन्ने थाहा छैन तलाई ?

यो केटाकेटीहरु मलाई ड्रोइङ्ग बनाउने दिदैन् यार !! कत्ति हल्ला गर्न सकेको ..........?

तलाई कहाँ बाट ड्रोइङ्ग बनाउने सुर आयो नी फेरी बिहान बिहानै ?

"हेरन मेरो ट्रनमा ट्याब चलाको?" त्यो थपक्क चार्जमा राखिदे .............

"ए !! ए!! एकछिन चुप बस न दिदि ............?" म क्या दामी ड्रोइङ्ग बनाउदै छु क्या ? 

तल्लो तला बाट एउटा आवाज उनीहरुको कानमा गुन्जिन्छ ,"केटाकेटीहरु ........!!"


क्रमस:

श्रुती नेपाल 
कक्षा - ६ 
गोल्डेन सनराइज मा वि गौरादह, झापा 

Views: