d

पार्टी भित्रका सबै समस्याहरु आपसी संवादबाटै समाधान हुनुपर्छ - राजेन्द्र लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र  पूर्वअध्यक्ष कमल थापा बिच भेटवार्ता भएको छ। 


अध्यक्ष लिङ्देनले थापाको घरमै पुगेर थापा संग भेट गरेका हुन्।

राप्रपाको एकता महाधिवेशनपछि लिङ्देन र थापाबीच भएको यो पहिलो भेटवार्ता हो। 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त पदाधिकारी एवं विभागीय प्रमुखहरुको पदस्थापन, स्वागत र मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देन शनिबार थापासँग भेटघाट भएको जानकारी दिएका हुन्।

महाधिवेशन पश्चात आफु माथि अन्याय भएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन्।  लिङ्देन संग पराजित भएका थापाले आफुले लिङ्देन संग हारेको नभई राजा संग पराजित भएको उनको आक्रोश छ।  

आजको वार्ता फलदायी भएको अध्यक्ष लिङ्देनले बताएका छन्।  

सानातिना कमी कमजोरीलाई  चर्दै अगाडी बढ्ने भन्दै उनले आवश्यकता अनुसार सबै विषयमा छलफल हुने अध्यक्षले बताए।  

थापाको असन्तुष्टिसँगै उनले राजसंस्था छोडेर धार्मिक पार्टी बनाउने चर्चा चलेको छ।

कार्यक्रममा लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको दाबी पनि गरे। उनले सबैसँग संवादको थालनी गरिएको र कोही निराश हुनु नपर्ने बताए।

समारोहमा निवर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र पार्टीका निर्वाचित पदाधिकारीले नवनियुक्त पदाधिकारीलाई बधाई, शुभकामना दिएका थिए। 

Views: