d

एमसीसीको विषयमा के भन्छ राप्रपा?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले भने, ‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन । एमसीसी सम्झौतामा भएका केही दफाहरू विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नु हुँदैन । र, यथास्थितिमा एमसीसीबारे संसद्मा मतदान भयो भने राप्रपाले विपक्षमा मतदान गर्छ ।’

 

 

यस अघि राप्रपाका तत्कालिन अध्यक्ष कमल थापाले भने एमसीसीको विरोध गर्नु गलत भएको बताउदै आएका थिए।  थापाले एमसीसीको विरोध गर्नेहरु विकास विरोधी भएको बताउने गरेका थिए।  

एमसीसीको विषयमा वर्तमान अध्यक्ष राजेन्द्र लिंग्देंनको भनाइ भने अलग्गै छ।  लिंग्देंन भन्छन्, 'भ्रष्टाचारी नेता, भ्रष्ट कर्मचारीले कमाएको पैसा फिर्ता गरौँ, एमसीसीले दिने भन्दा कैयौं बढी रकम राष्ट्रिय ढुकुटीमा जम्मा गर्न सकिन्छ।  

अनौपचारिक रुपमा धारणा आएको भएता पनि राप्रपाले एमसीसीको विषयमा औपचारिक निर्णय भने गर्न बाँकीनै रहेको देखिन्छ।   
 

Views: