d

आ !! छोड्दे है स्कूल सिस्कूल !! (भाग ३) 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आ छोड्दे है स्कूल सिस्कूल !! भाग ३ 

एक जना ले बोले,हिड खेल्न जाउँ 
फेरि अर्की प्वाक बोल्छे,  अँ  जा खेल्न !!  बाहिर पानि परि राको छ तलाई खेल्नु पर्ने 
फेरि अर्को ले बोल्यो त्येसो भए ट्याब मा गेम खेलम न त 
फेरि आवाज आयो ल खेलुम 

अब खाजा खाने बेला भयो 
आमा ले तल भुटी  भात पकाएर  राखी दिनु भाथ्यो 


 तेती बेला पानि पर्न छोडी सकेको थियो ।  

तेति बेलानै सिरक भित्र बाट अर्की बोल्छे, 'ओए !! भुटी भातमा आलु हालेको छ की छैन हेरेर आईज ........!!

अर्को बोल्छ, 'आलु नभए म त खाइदिन्छु.....गाको म त .......हिन...........। 

ओए केटा तलाई त्यसो भन्न लाज लागेन ?............दराजको चेप चेपमा भुटी भातको बोटुकाहरु कसले लुकाको नी ?.....

स्याकीले होला ......मैले होइन ....
स्याकी बोल्छे, 'ओए ओए फेरी बोल त ...........के भनिस अरे .......अहिले करांतेको पोजले हान्दिन्छु अनि ................

(फेरी भकाभक हानाहान शुरु हुन्छ)

"ओए !! केटाकेटी हो ...........म सिरियल हेर्दै छु डिस्टर्ब नगर त ........

फेरी झगडा गर्दै गरेका दुवै जना झगडा छाडेर हास्दै बोल्छन्, 'तँ चाही सिरियल हेरेर बस्, कति बजिसको घडी हेर् त, स्कूल जानु पर्दैन?'
"ए !! चुप !! छोड्दे स्कूल सिस्कूल!!' 'कोरोनामा के के स्कूल न सिस्कूल !! .......... पढेर हात्ती ठुलो भाको हो र..... ?'

क्रमश.........

कथाकार श्रुती नेपाल गोल्डेन सनाराइज मा वि गौरादह झापामा कक्षा ६ मा अध्यनरत छात्रा हुनुहुन्छ 

Views: