d

 फागुन १ देखि सिनेमा हल खुल्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति (सिसिएमसिसी)ले १ फागुनदेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ । आइतबार बसेको सिसिएमसिसी बैठकले १ फागुनदेखि सिनेमा हल खोल्न दिन सरकारलाई सिफारिस गरेको हो ।

सिसिएमसीकी प्रवक्ता सुनिता नेपालका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सिनेमा हल खोल्न दिइनेछ । कोरोना भाइरसको संक्रमण जोखिम नियन्त्रण गर्न सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत ३ माघदेखि सिनेमा हल जिमखाना, स्विमिङ पुललगायत मनोरञ्जनका क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले १५ माघसम्म हल बन्द गर्ने निर्णय गरे पनि हल खुल्ने वा नखुल्ने अन्योल थियो । हल बन्द भएपछि प्रदर्शनको सँघारमा रहेका चलचित्र अनिश्चित बनेका थिए। 

Views: