d

गाँजामाथिको प्रतिबन्ध फुकाउने सरकारको तयारी !

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : सरकारले गाँजामाथि लगाइएको प्रतिबन्ध औषधीय प्रयोजनका लागि फुकाउने तयारी गरेको छ।

गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाँजामाथिको प्रतिबन्ध औषधीय प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन्।

गृह सुधार योजनाअन्तर्गत गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले बताए। औषधि व्यवस्था ऐन २०३३ मा औषधीय प्रयोजनका लागि गाँजा प्रयोग गर्न पाइने उल्लेख छ। औषधि व्यवस्था विभाग र वनस्पति विभागले गाँजा प्रयोग गर्नका लागि अनुमति मागेका छन्।

गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने भन्दै नेकपा एमालेका सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता गरेका छन्।

आयुर्वेदिक उपचारमा गाँजाको प्रयोग हुने भन्दै अभियन्ताहरूले गाँजामाथिको प्रतिबन्ध फुकाउन माग गर्दै आएका छन्।

Views: