d

नेप्से १५ अङ्कले बढेर २ हजार ८५१ विन्दुमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौँ । कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १५.६९ अङ्कले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ५ अर्ब २ करोड २० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । यस कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ९९ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेसनल हाइड्रो पावर र अरुण भ्याली हाइड्रो पावरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये १० वटा उपसूचक बढेको छ भने ३ वटा उपसूचक घटेका छन् । आज नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र छ्यांदी हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने बुद्धभुमि हाइड्रोपावर र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले अधिक गुमाएका छन् ।

Views: