d

कुमारी बैंकका कामु सीईओ र डेपुटी सीईओ ले किन छाडे बैंक?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२४ माघ, काठमाडौं । कुमारी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना दुबै जना बैंकबाट राजीनामा दिएका छन् । दुबै जनाले सल्लाहै स्वेच्छिक अवकास लिएका हुन् ।

सञ्चालक समितिले केही दिन अघि स्वेच्छिक अवसका स्कीम (भीआरएस) अफर ल्याएको थियो । भीआरएसमा निकै राम्रो रकम आउने भएपछि दुबै जना बैंकबाट बाहिरिएका हुन् । कामु सीईओ तिमिल्सनाले स्कीम मन परेकाले बैंकबाट बिदा लिएको जानकारी दिए ।

कामु सीईओ र डेपुटी सीईओ दुबै जना बैंकबाट बाहिरिए पछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्बेवारी रामचन्द्र खनाललाई दिएको छ । यस अघि बैंकको चिफ अपरेटिङ अफिसर रहेका खनाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरी कामु सीईओको जिम्बेवारी दिइएको हो ।  सरल स्वभाव भएका खनाल अनुभवी र पुराना बैंकर हुन् ।अनलाइन खबर 


 

Views: