d

 स्थानीय निर्वाचनमा युद्दस्तरको तैयारी गर्न लिङ्देन द्वारा कार्यकर्तालाई आह्वान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: सरकारले बैसाख ३० गते स्थानिय निर्वाचन गर्ने घोषणा गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई निर्वाचनको लागि युद्दस्तरमा लाग्न आह्वान गरेका छन्।  अध्यक्ष लिङ्देनले सामाजिक संजालमा ट्विट गर्दै यस्तो बताएका हुन्।  

 आगामी बैसाख ३० गते एकै चरणमा स्थानिय तहको निर्वाचन गर्ने गरि आजै मन्त्रिपरिषदबाट निर्णय भएको छ। 

लिङ्देनले पार्टी नेतृत्व सम्हाल्ने वित्तिकै स्थानीय तहको निर्वाचनको घोषणा भएकोले पनि यो पटक राप्रपाको लागि अर्थपूर्ण मानिने देखिएको छ।  

निवर्तमान अध्यक्ष थापाले एमाले संग मिलेर निर्वाचनमा भाग लिने बताउंदै आएका थिए।  लिङ्देनले नेतृत्व लिए पछि राप्रपाले अन्य दल संग समीकरण गरेर चुनाव लड़ला वा एक्लै मैदानमा होमिएला भन्ने विषयले राम्रै चर्चा पाउने देखिएको छ।  

राप्रपाले कुन स्थानीय तहमा पार्टीको अवस्था कस्तो छ भन्ने वारेमा सर्वेक्षण गर्ने भएको छ।  यसका लागि ७५३ वटै स्थानीय तहलाई ३ श्रेणीमा विभाजन गरेर सर्वेक्षण गरिने झापा जिल्ला अध्यक्ष केशब ओझा बताउछन्।  

पार्टीले बहुमतले जित्ने स्थानिय तहलाइ 'क' श्रेणी, वडाहरुमा बलियो अवस्था रहेको छ भने 'ख' श्रेणी र वडामा समेत जित्न नसकिने अवस्थाका स्थानिय तहलाई 'ग' श्रेणीमा राखेर निर्वाचनमा रणनिती बनाइने उनको भनाई छ।   

Views: