d

स्थानीय निर्वाचन अघि गठबन्धन नटुट्ने, यस्तो छ भित्री सहमति 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ- सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेका बेला पाँच दलका शिर्ष नेताबीच सहमति भैइसकेको खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेपाल स्थानीय निर्वाचनमा मिलेर जाने सहमति भैसकेको जनाइएको छ ।

सरकारले बैशाख ३० गते नै एकैचरणमा देशभर निर्वाचन गर्ने निर्णय गरेलगत्तै पाँच दलीय गठबन्धनमा मिलेर चुनावमा जाने सहमति भैसकेको बताइन्छ।  

यस अघि एमसीसी संसदमा टेबल गर्ने विषयलाई लिएर गठबन्धन तोडिने चर्चा चलेको थियो।  यद्दपी सत्तारोड़ गठबन्धनकै आपसी सरसल्लाहमा मिलेरै चुनाबमा जानेगरि निर्वाचनको  मिति तोक्न सहमति गरिएको बताइएको छ।   

Views: