d

अलैंची खेतीको संरक्षण नभए पूर्वी पहाड उजाडिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको अधिक माग र मूल्यसमेत उच्च रहेकाले उत्पादनमा कमी आए पनि किसानहरूले केही राहत भने पाएका छन् । ५ वर्षअघि २ सय रूपैयाँ प्रतिकिलो मूल्य रहेको अलैँची यो वर्ष ७ सय रुपैयाँ प्रतिकिलोभन्दा माथि पुग्यो । तर, सधैं यस्तो स्थिति नरहने भएकाले अब व्यवस्थित योजना बनाएर अलैंची खेतीको विकासमा ध्यान दिनु अवश्यक भएको धारणा राख्दै अलैंची खेतीका अनुसन्धानकर्ता भूषण शाह भन्छन्, ‘अब सरकारले किसानहरूमा पर्याप्त चेतना जगाउँदै माटो परीक्षण गरी अलैंचीको आधुनिक ढंगले खेती गर्न प्रोत्साहन गर्नुपर्छ । साथै पर्याप्त सिँचाइ र बगान व्यवस्थापन गर्नेलगायतका योजनामार्फत अभियान थालनी गर्नुपर्छ ।’

कृषि तथा सहकारी मन्त्रालयको गत वर्षको तथ्यांकअनुसार अलैंचीबाट नेपालमा डेढ अर्बभन्दा बढी आम्दानी हुने गरेको छ । यो वर्ष अलैंचीको मूल्यमा ५८ प्रतिशतले वृद्धि भएकाले आन्दानी अझै बढी हुने पुगेको छ ।

अलैंची खेतीको विकासका लागि सबैभन्दा पहले त्यसमा लागेको रोग पहिचान गरेर उन्मूलन अभियान थाल्नुपर्ने इलाम जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी भूपराज राई बताउँछन् । अलैंचीमा लाग्ने रोगले किसानहरू वर्षौंदेखि पीडित हुँदै आए पनि कृषिवज्ञहरूले अझै रोग पत्ता लगाउन नसक्नु विडम्बना भएको राई बताउँछन् ।

नेपाल व्यापार प्रवर्द्धन केन्द्रको पाँच वर्षअघिको तथ्यांकअनुसार नेपालमा उत्पादित अलैँची भारत, पाकिस्तान, युएई, सिंगापुर, बंगलादेश, अफगानिस्तान तथा अमेरिका निर्यात हुँदै आएको छ । अभियान डेल्ली। 

Views: