d

चन्द्रागिरि घुम्न गएका बेला हराएका पाँच जनाको उद्धार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले उद्धार गरेको छ ।

हिउँ खेल्न गएर फर्किने क्रममा जङ्गलको बाटोमा हराएका उनीहरुको गएराति उद्धार गरिएको प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो  ।

चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङको उद्दार गरिएको हो । उनीहरूले आफूहरूले बाटो भुलेको भनेर घरमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।

बाटो भुलेर भिरमा बसिरहेको बेला उनीहरुलाई उद्धार गरिएको सापकोटाले बताउनुभयो । उद्धारपछि स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाइएको हो । उज्यालो अनलाइन।  

तस्बिर स्राेत: नेपाल प्रहरी 

Views: