d

गौरादहमा यसरी बन्दैछ बलियो राप्रपा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गणेश दाहाल 

झापा: झापाको गौरादहमा राप्रपाको पकड बलियो बन्दै गएको छ।  नेतृत्व परिवर्तन संगै गौरादह राप्रपा बलियो हुदैं गएको बताइएको हो।  

'२०४६ साल पछि गौरादहमा हामी बलियो रुपमा उपस्थित थियौं, गणतन्त्र आए संगै पार्टीका एजेन्डा माथि चौतर्फी रुपमा निसानामा पारिएको थियो तर अहिले आएर फेरी हामी बलियो राप्रपा बनाउने अभियानमा जुटेका छौं।', राप्रपाका ५ न क्षेत्रीय सचिव देवेन्द्र खड्काले पर्दाफास संग भने।  
 'पार्टीलाई रणनीतिक रुपमा बलियो बनाउन लागि परेको बताउछन् बरिष्ठ क्षेत्रीय उपाध्यक्ष खेमराज तिम्सिना। 

 'हामी संग कार्यकर्ता र शुभ चिन्तकको कमी छैन, एउटा छुट्टै भिजन सहितको अभियानको जरुरी थियो, अध्यक्ष लिंग्देंनको नेतृत्वले नयाँ आशा पलाएको छ।', लामो समय नगर अध्यक्ष समेत रहेका तिम्सिनाले बताए।   

गौरादहमा संगठन विस्तारको लागि थप गृहकार्य हुन थालेको स्थानीय नेताहरु बताउछन्।  

निकट भविष्यमा नै अध्यक्ष लिंग्देंनको उपस्थितिमा भव्य पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ।   

 

 

यसै बीच पुर्व केन्द्रिय निर्देशन समिति सदस्य लक्ष्मी प्रसाद संग्रौला गौरादह क्षेत्रमा आइपुगेका छन्।  अध्यक्ष लिंग्देंनकै सल्लाहमा संगठन विस्तारको रणनीति तयार गर्न संग्रौला गौरादहमा व्यस्त रहने बताईएको छ।  

धेरैजना युवा साथी भाईहरु राप्रपा प्रवेशको तयारीमा हुनुहुन्छ, राप्रपा संगठनलाई मजबुत गर्न युवाहरु परिचालित हुनु जरुरी छ, केहि दिन भित्रैमा राम्रो नतिजा दिने गरिको गृहकार्यमा हाम्रो टिम लागेको छ।', नेता संग्रौलाले पर्दाफास संगको टेलिफोन कुराकानीमा बताए। 

Views: