d

 कमल थापालाई उपाध्यक्ष बुद्धिमान तामाङले दिएनन् साथ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, २५ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापालाई आफ्नै समूहका विश्वास पात्रहरुले साथ नदिने भएका छन्। थापाले टिममा छलफल नै नगरी अचानक पार्टीबाट बाहिरिने निर्णय गरेपछि उनका निकटस्थहरुले साथ नदिने भएका हुन्।

सोमबार नवदुर्गा पार्टी प्यालेस धुम्बाराहीमा बोलाएको थापा समूहको भेलामा तत्काल पार्टी छाड्ने निर्णय नगर्ने बताएका थापाले आफूहरुलाईसमेत थाहै नदिई यस्तो निर्णय गरेको थापा निकटका नेता एवं वर्तमान उपाध्यक्ष बुद्धिमान तामाङले बताए।

थापाले पार्टी नेतृत्वलाई पठाएको पत्रका विषयमा आज (मंगलबार) अध्यक्षसँग बसेर छलफल गर्ने तयारी भइरहदा थापाले यस्तो निर्णय गरेकाले उनीसँग कोही पनि नलाग्ने तामाङले बताए।

पार्टीभित्र आफ्नो मागको विषयमा सुनुवाइ नभएको विषयमा छलफल राखेर ब्रिफिङ गरेका थापाले केही समयम पर्खने बताएका थिए।  टिममा छलफल नै नगरी पार्टीमा नरहेको घोषणा गर्ने कमल थापाका पाछडि आफूसहित कोही पनि नलाग्ने तामाङले प्रष्ट पारे। तेश्रो आँखा डट कम।  

Views: