d

गीताको कसम खाएका कमल थापाले गरे राप्रपा परित्याग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले मंगलबार पार्टी परित्याग गरे । 

आफूलाई महाधिवेशनमा हराउने निर्मल निवासमाथि छानविन गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै थापाले मंगलबार दिउँसो गृहजिल्ला हेटौंडा पुगेर आफू राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । 


गीताको कसम खाएर पार्टी फुटाउने प्रतिज्ञा गरेको दुई वर्ष नवित्दै मंगलबार थापाले सनातन धर्मको पवित्र ग्रन्थ गीताको कसम तोडेका छन् ।  

दुई वर्षअघि थापाले आफै गीता बोकेर एकता घोषणासभामा हात राखेर कसम खाएका थिए । 

Views: