d

गीताको कसम खाएका थापाको आगामी यात्रा हिन्दुबादी की गणतन्त्रबादी ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं।  राप्रपा अध्यक्ष कमल थापाले गीताको कसम खाएर पार्टी फ़ुटाउदिन भनेको २ वर्ष भएको छ।  तर उनले पार्टी नफ़ुटाउने तर बहिरगमनको बाटो खोज्ने निर्णय लिएका छन्।  


उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए । महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् ।

उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए । 

महाधिवेशनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन हुनुपर्ने माग निरन्तर रूपमा उठाइरहेका थापाले सोमबार आफु पक्षीय केन्द्रिय सदस्यको भेला बोलाए।  मंगलबार लगत्तै पार्टीबाट अलग भएको घोषणा गरे। 

राप्रपा परित्याग गरेको घोषणा गरेका थापाले हिन्दुबादी दल खोल्ने तयारी गरेको चर्चा छ।  

Views: