d

ओलीलाई भेट्न शेखर बालकोट पुगे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।

नेता कोइरालाले मंगलबार साँझ बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।

दुवै नेताबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।

एमसीसी सम्झौता, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

Views: