d

दाहाल र नेपालबीच खुमलटारमा के छलफल भयो?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, माघ २६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुलटार पुगेका छन्।


दाहाललाई भेट्न विहानै खुमलटार पुगेका नेपालसंगको भेटमा एमसीसी परियोजना, स्थानीय तहको निर्वाचन, संसद् अवरोधलगायत विषयमा छलफल भएको छ।

सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच एमसीसी पास गराउने भद्र सहमति भएकोसमेत चर्चा हुँदै आएको छ ।

पछिल्लो समय प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि सत्ता गठबन्धनमा मात्रै नभएर राजनीतिक वृत्तमा नै तरंग पैदा भएको छ । यसले सबैभन्दा बढि अप्ठ्यारो प्रचण्डलाई परेको चर्चा छ ।रिपोर्टर्स नेपाल

Views: