d

शुक्रबारदेखि पशुपति खुल्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

कोरोना महामारीका कारण भक्तजनहरूका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत माघ २३ गते जारी गरेको आदेश अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भक्तजनहरूको दर्शनका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले सूचनामार्फत जानकारी दिएको हो ।


मन्दिरमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने प्रशासनको आदेशमा भनिएको छ । पशुपति नखोलेकोमा भक्तजनहरूको पनि गुनासो रहेको कोषले जनाएको छ ।

Views: