d

एमसीसी विरुद्द केसीको आक्रोस: मुलुकभन्दा ठूलो गठबन्धन होइन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले आफ्नो पार्टीले गठबन्धन जोगाउन भन्दा मुलुक जोगाउन लागिपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा एमसीसीविरुद्धमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष केसीले सो कुरा गरेका हुन् । उनले अहिले गठबन्धन भन्दा ठुलो मुलुक भएको बताए । प्रतिगमनका विरुद्ध गठबन्धन बनाइएको भन्दै उनले गठबन्धन जोगाउन भन्दा मुलुक जोगाउनुपर्ने बताए । 

उनले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले ठुलो गल्ति गरेको पनि बताए । एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको अध्यक्ष केसीको भनाई छ । 

उनले भने - "गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न अनि सत्तामा रजाइँ गर्न भ्रष्टाचारीहरूसँग मित लगाएको होइन । यो प्रतिगमनलाई पराजित गर्न मात्र हो । "

file image

Views: