d

वस्तु आयातमा राष्ट्र बैंकले गर्यो थप कडाई (४७ वस्तुको सूचीसहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाल राष्ट्र बैंकले वस्तु आयातमा कडाई गरेको छ । 

राष्ट्र बैंक विदेशी बिनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले आज सूचना प्रकाशित गरी थप २७ वस्तुको आयातमा कडाई गरेको हो । २३ वटा वस्तु आयातमा शतप्रतिशत मार्जिन र ४ वटामा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको सूचनामा उल्लेख छ । 

राष्ट्र बैंकको आजको सूचनापछि अब विदेशबाट ४१ वस्तुमा शतप्रतिशत र ६ वटा वस्तुमा ५० प्रशितशत मार्जिन राख्नु पर्ने भएको छ । यसअघि राष्ट्र बैंकले १८ वटा वस्तु आयातमा शत प्रतिशत र २ वटामा ५० प्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । 

Views: