d

देउवा र प्रचण्डको भित्री रणनीतिविरुद्ध माधव नेपाल सडकमा आउँदै  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्ने भनेर हस्ताक्षर गरेको पत्र सार्वजनिक भएसंगै उनीहरुलाई एमसीसीको तोक लागेको छ ।

उनीहरु सत्ता गठबन्धनका प्रमुख नेताहरु हुन् । सत्तामा नै रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमसीसी पटक्कै मन परेको छैन । त्यसैले अब उनी सडकमा आएर प्रदर्शन गर्ने भएका हुन् ।


सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए । फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन् ।

त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ । फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो ।

Views: