d

राप्रपा केन्द्रीय पदाधिकारी बैठक बिहीबार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ ।
पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको र अरुले पनि क्रमश पार्टी परित्याग गर्न थालेका बेला अध्यक्ष राजेन्द्र लिङ्देनले बैठक बोलाएका हुन् ।
बैठक बिहीबार बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार पछिल्लो राजनीतिक परिस्थिति, आसन्न स्थानीय तहको निर्वाचन र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बस्न लागेको हो ।

Views: