d

अझै नयाँ दल दर्ता गर्न पाइने, पुरानोले पुन: दर्ता गर्नु पर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्तालाई निरन्तरता दिने भएको छ। आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामासमेत दल दर्ता जारी रहने बताएको हो । 

आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गरेका दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।
 निर्वाचन आयोगमा हाल सम्म १ सय ५ दल दर्ता रहेको तथ्यांकले देखाउछ।  

आयोगले संविधानको धारा २६९ अनुसार नयाँ दल दर्ता गर्ने गर्छ । त्यसरी दर्ता भएर आयोगको सूचीमा कायम रहेको दल निर्वाचन प्रयोजनका लागि धारा २७१ अनुसार पुनः आयोगमा दर्ता हुनुपर्ने प्रावधान छ ।

कानुनअनुसार आयोगले दल दर्ताको निवेदन प्राप्त भएको ४५ दिनसम्ममा आयोगमा दल दर्ता गरिसक्नुपर्ने व्यवस्था छ । यो समयभित्रै आयोगले प्राप्त कागजात जाँचबुझ तथा छानबिन गर्ने र सनाखत गर्नेसम्मका काम सक्नुपर्नेछ ।
 

Views: