d

फेब्रुअरी अन्त्यसम्म एमसिसी पास नभए फिर्ता लैजाने सुमारको चेतावनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई  फेरि फेब्रुअरी अन्त्यसम्मको समयावधि दिएको छ। उक्त अवधिमा नेपालले एमसिसी पारित नगरे फिर्ता लैजाने चेतावनी पनि एमसिसी मुख्यालयले दिएको छ।

बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा एमसिसी उपाध्यक्ष फतिमा सुमारले फेब्रुअरी अन्त्यसम्मको समयावधि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको हुँदा फेरि समय थप्न नसकिने बताएकी हुन्। ‘अब फेरि ढिला गर्न कुनै बहाना हामी स्वीकार गर्दैनौँ,’ उनले भनिन्।

माओवादी केन्द्र वा एकीकृत समाजवादीले चाहेजस्तो एमसिसी परियोजनामा कुनै फेरबदल नहुने पनि सुमारले बताइन्।

उनले नेपालजस्तै थुप्रै मुलुक एमसिसी परियोजना लिन पर्खिरहेकाले उनीहरुलाई अझ कुराउन नसक्ने पनि बताइन्।

एमसिसीले तीन अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनका पालामा नेपाललाई दिन ५ सय मिलियन डलर रोकिराखेको भए पनि अब यो धेरै समय जारी राख्न नसकिने उनले बताइन्।

उनले निर्णय गर्ने अधिकार नेपालको संसद्लाई भएको भन्दै धेरै कुर्न नसकिने पनि स्पष्ट पारेकी छन्।

सत्तामा हुँदा एमसिसीका पक्षमा रहने नेपालका नेताहरुको शैली प्रतिपक्षमा हुँदा फेरिने आरोपसमेत सुमारले अन्तर्क्रियाका क्रममा लगाएकी थिइन्।
देश संचार।  

 

Views: