d

उडिरहेको विमानभित्रै बलात्कार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लन्डन । रात्रिकालीन सेवा प्रदान गरिरहेको बेलायती बिमान भित्रै एक महिला माथि बलाककार भएको छ। उक्त विमानको बिजिनेस क्लासमा सवार एक महिला बेलायती नागरिक बाटै बलात्कृत भएकी बताइएको हो।  

नाम नखुलाइएका पीडित महिला पनि बेलायती नागरिक नै भएको बताइएको छ । अमेरिकाको न्युजर्सीको नेवार्कबाट बेलायतको राजधानी लन्डनतर्फ उडिरहेको सो विमानमा सबै निँदाएको अवस्थामा ती पुरुषले महिलामाथि आक्रमण गरेको बताइएको छ ।

बेलायतको न्युज २४७ प्लस पत्रिकामा घटनाको विवरण छापिएको छ।  उक्त पत्रिकाका अनुसार  ती महिलाले युनाइटेड एयरलायन्सका कर्मचारीहरूलाई घटनाबारे जानकारी दिएकी थिइन् । कर्मचारीहरूले तत्कालै प्रहरीलाई घटनाबारे उजुरी गरेका थिए । सुरक्षा अधिकारीहरूले घटनास्थलमा फोरेन्सिक परीक्षण गरेका थिए । 

हिरासतमा लिईएका ति व्यक्तिलाई हाल प्रहरीले छोडीदिएको यद्दपी घटनाको अनुसन्धान भइरहेको जनाईएको छ।  
 

Views: