d

मेरो सत्य घटनामा आधारित यो कथा पढिदिनु है (भाग ६)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एकदिन हाम्रो गाउँमा आँखा उपचार केन्द्र बाट चेकअप को लागि आउनु भयो।  

युबराज , स्मृति र मलाइ आमाले आँखा जचाउन त्यहाँ लिएर  जानु भयो। 

 त्यहाँ चेक गर्दा मैले सबै अक्षेर पद्न सकिन र डा हरुले  मलाइ सल्लाह दिनुभयो, 'तिमीले छ छ महिनामा आँखा चेक गरि राख्नु पर्छ। 

आँखा जाँच गरेको कुरा भाइ बुइनीले ममीलाई सुनाए। 

दुइ चार दिन पछि ममी र म उपचार केन्द्र गयौं। 

उपचार केन्द्रमा डा हरुले चस्मा लगाउने सल्लाह दिनुभयो।  

औषधी पनि दिनुभयो।  त्यस पछि शनिबार बाबा र म दमक गयौं र चस्मा किनेर आयौं।  

मैले आँखा चेक गराएको छ महिना पुगी सक्यो र हिजो फेरि  लिला आन्टी संग गएर पुन: चेक गराउँदा मेरो चस्मा को पावर बढाउनु पर्दैन नपर्ने रहेछ। तर चस्मा भने निरन्तर लगाई राख्नुपर्ने रहेछ।  

आँखालाई स्वस्थ राख्नको लागि हरियो साग सब्जी प्रसस्त खानु पर्ने रहेछ। जव मैले यो कुरा थाहा बुझें त्यो बेला देखि प्रसस्त मात्रामा हरियो सागपात, पहेलो रंगको फलफुल र भिटामिन ए युक्त खानेकुराहरु प्रसस्तै खानेगरेको छु।  

आँखा हाम्रो लागि संसार देखाउने एना हो, यो अत्यन्तै संवेनशील हुन्छ त्यसैले तपाईं  पनि आफ्नो आँखालाई राम्रो हेरविचार गर्नु है।    

क्रमस:

Views: