d

नव प्रवेशीलाई स्वागत गर्न माघ २९ गते राप्रपा अध्यक्ष लिङ्ग्देन गौरादह आउदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग्देन झापाको गौरादहमा आउने कार्यक्रम तय भएको छ।  प्रजातान्त्रिक राष्ट्रिय युवक सङ्गठन झापा क्षेत्र न. ५  क्षेत्रीय समितिको आयोजनामा आगामी माघ २९ गते गौरादह २ स्थित अम्बर मा. वि. को प्रांगणमा अध्यक्ष लिङ्ग्देनले सम्बोधन गर्ने बताइएको हो।  

अध्यक्ष लिङ्ग्देन छोटो समयको लागि झापा आएको बेला गौरादहमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको राप्रपा क्षेत्रीय सचिब देवेन्द्र खड्काले बताए।  

संगठन निर्माणकै सिलसिलामा पार्टीका केन्द्रिय निर्देशन समिति पुर्व सदस्य लक्ष्मीप्रसाद संग्रौला विगत १ हप्ता देखि गौरादह क्षेत्रमै सक्रिय रहेको बताइन्छ।  उच्च संख्या पार्टी प्रवेश गराउने तयारी स्वरुप गौरादहमा संग्रौलाको सक्रियता बढेको पाइएको छ।  

अध्यक्ष लिङ्ग्देनको व्यस्त समय रहेको भएता पनि गौरादहमा बलियो संगठन निर्माण गर्नु अपरिहार्य आवश्यकता रहेकोले हामी यस क्षेत्रमा खटिरहेका छौं, करिब ४ सयको संख्यामा नव प्रवेशीलाई स्वगन गर्ने तैयारी रहेको छ।', संग्रौलाले पर्दाफास संगको छोटो सम्बाद का क्रममा बताएका छन् । 

गौरादह क्षेत्रमा रोजगारको सम्भाव्यता समेत अध्ययन भइरहेको नेता संग्रौलाले बताएका छन्। 
'आम युवाहरु विदेश पलायन भइरहनु चिन्ताको विषय हो, बृहत अध्ययन गरेर गौरादहमा बाह्य लगानीको सम्भावनालाई खोजी गर्नसके बेरोजगारको समस्या निराकरण गर्न मद्दत मिल्ने थियो।', नेता संग्रौलाको भनाइ रहेको छ।  

पार्टी प्रवेश कार्यक्रमलाई नै गौरादहमा मुख्य प्राथमिकतामा राखिएको बताउछन् वरिष्ठ क्षेत्रीय उपाध्यक्ष खेमराज तिम्सिना।  

राष्ट्र, राष्ट्रिय र प्रजातन्त्रको सवालमा बलियो एजेन्डा लिएकै कारण राप्रपामा नयाँ लहर शुरु भएको तिम्सिनाको भनाई रहेको छ।  

'गौरादहमा राप्रपाको बलियो फ्लो भएको ठाउँ नै हो, अध्यक्ष लिङ्ग्देनको आगमनले पार्टी शुभचिन्तक तथा कार्यकर्तामा नयाँ उत्साह थपिने निश्चित देखिएको छ।'  उनले भने।  

file photo

Views: